२०७८ माघ ८
January 22, 2022, Saturday

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

काठमाडौं । चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए ।

डिसेम्बरको मध्यतिर दैनिक १५० जना भन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ ।

उता बिहीबार पनि यहाँका हेनान र तियाजिन प्रान्तमा गरी १४३ जना सङ्क्रमितहरु भेटिएका अधिकारीहरुले जनाएका छन् । तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भोटिएका अधिकारीहरुले जनाएका छन् । यहाँ देशभित्रै र बाहिरबाट आएकाहरुमा पनि सङ्क्रमितहरु पाइएको हो ।

चीनले आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिकको आयोजना गर्न लागेको छ । त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।

Related News

अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु
  • २०७८ पुष ३०, शुक्रबार १३:४१

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६  जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको...

अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु
  • २०७८ पुष ३०, शुक्रबार १३:४१

काठमाडौं । अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना...

चीनले सिरियालाई ४ हजार टन चामल पठायो
चीनले सिरियालाई ४ हजार टन चामल पठायो
  • २०७८ पुष ३०, शुक्रबार १३:४१

काठमाडौं । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले...

TOP