२०७८ माघ ८
January 22, 2022, Saturday

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

काठमाडों । प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ । हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताउनुभएको छ ।

यही सदभाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्ये माघे सङ्क्रान्ति अर्थात माघी पनि एक हो । यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उहाँले विश्वास लिनुभएको छ । प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सदभाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गर्नुभएको छ ।

Related News

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
  • २०७८ पुष ३०, शुक्रबार १८:३९

काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी...

त्रिशूली अस्पतालमा सेवा प्रभावित
त्रिशूली अस्पतालमा सेवा प्रभावित
  • २०७८ पुष ३०, शुक्रबार १८:३९

काठमाडौं । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
  • २०७८ पुष ३०, शुक्रबार १८:३९

काठमाडौँ ।  जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत्...

TOP