२०७८ माघ ८
January 22, 2022, Saturday

लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

काठमाडौं । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।

गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो ।

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिए पनि बाहिरबाट भक्तजनलाई आउन भने रोक लगाइएको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण कल्पबासमा बस्ने वृद्धवृद्धा र देवघाटका बासिन्दाबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले आज दिउँसो २ बजेबाट शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेशमा रोक लगाइएको बताउनुभयो । देवघाट प्रवेश गर्ने नाका शिल गरिँदै छ । गत वर्षहरुमा सङ्क्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएको छ । शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।

आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

Related News

मकर सङ्क्रान्ति पर्वले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्ः मुख्यमन्त्री राउत
मकर सङ्क्रान्ति पर्वले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस्ः मुख्यमन्त्री राउत
  • २०७८ पुष ३०, शुक्रबार १३:३२

काठमाडों । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र...

अध्यक्ष नेपालद्वारा माघीकाे शुभकामना
अध्यक्ष नेपालद्वारा माघीकाे शुभकामना
  • २०७८ पुष ३०, शुक्रबार १३:३२

काठमाडों । नेपाल कम्युनिष्ट पार्टी एकीकृत–समाजवादी का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको...

बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष
बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष
  • २०७८ पुष ३०, शुक्रबार १३:३२

काठमाडौं ।  बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन...

TOP