२०८१ बैशाख ६
April 18, 2024, Thursday

गृहमन्त्री खाँणले भेटे अस्ट्रेलियन राजदूतलाइ

गृहमन्त्री खाँणले भेटे अस्ट्रेलियन राजदूतलाइ

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज भेट गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको विकासमा अस्ट्रेलियाले  गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि उहाँले आग्रह गर्नुभएको थियो । मन्त्री खाँडले पढाइका अलावा नेपाली विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने गरेकामा त्यो समय बढाउन पनि आग्रह गर्नुभएको थियो । 

राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्दो  सहयोग गर्न सदैव तयार रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने पनि आश्वासन पनि दिनुभएको थियो ।  

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ पुष ३०, शुक्रबार १६:२० गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७८ पुष ३०, शुक्रबार १६:२० गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
  • २०७८ पुष ३०, शुक्रबार १६:२० गते

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलनको क्रममा जथाभावी फोहोर गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ । राजा फर्काउने आन्दोलनमा...

TOP