२०७८ माघ ८
January 22, 2022, Saturday

एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

काठमाडों ।  तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जिप दुर्घटनाले गाउँ शोकमा डुबेको छ ।

 साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जिप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो ।

माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । ‘चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ’, उनले भने ।

अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जिप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो । जिपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि दुर्घटना भएको उनले बताए । ‘चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ’, उनले भने । 

दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठवटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो । घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएको थियो ।

‘घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएका छौँ’, अध्यक्ष थापाले भने । बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताए । उनका अनुसार मृतकमध्ये एक दम्पति पनि छन् ।

एकैघरका आमा छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । ‘चार जनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो’, उनले भने । रासस

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ माघ १, शनिबार १४:४९

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ माघ १, शनिबार १४:४९

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ माघ १, शनिबार १४:४९

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP