काठमाडों । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।
मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले विविधता परिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थप्दै बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
सन्देशमा मुख्यमन्त्री राउतले भन्नुभएको छ, “जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मकर सङ्क्रान्ति पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्सोल्लासपूर्वक मनाउने हुँदा यस्ता पर्व र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...