२०८१ बैशाख ६
April 18, 2024, Thursday

अध्यक्ष नेपालद्वारा माघीकाे शुभकामना

अध्यक्ष नेपालद्वारा माघीकाे शुभकामना


काठमाडों । नेपाल कम्युनिष्ट पार्टी एकीकृत–समाजवादी का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

पार्टी अध्यक्ष नेपालले जारी गर्नुभएको सन्देशमा विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको मकर सङ्क्रान्ति तथा माघीपर्वले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भनिएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व रहेको उल्लेख गरिएको सन्देशमा मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिले आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा तीनको संरक्षण तथा सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो भनिएको छ ।

अहिले महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्कटको समयमा स्वास्थ्य सुरक्षा उपाय अपनाएर चाडपर्व मनाउन आग्रहसमेत सन्देशमा गरिएको छ ।

Related News

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै
  • २०७८ माघ १, शनिबार १०:२२ गते

काठमाण्डाै – वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दरबारमार्गमा रहेकाे तीनधारा पाठशालाबाट शुरु...

भक्तपुरमा जिब्रो छेड्ने जात्रा आज मनाईंदै
भक्तपुरमा जिब्रो छेड्ने जात्रा आज मनाईंदै
  • २०७८ माघ १, शनिबार १०:२२ गते

काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाईंदैछ । विश्व प्रसिद्ध...

मिथिलाञ्चलमा चैतीछठ शुरु
मिथिलाञ्चलमा चैतीछठ शुरु
  • २०७८ माघ १, शनिबार १०:२२ गते

महोत्तरी – मिथिलाञ्चलमा चैतीछठ विधिपूर्वक शुरु भएको छ । आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट,...

TOP