२०८० चैत्र १५
March 28, 2024, Thursday

लागुऔषध गाँजासहित दुई पक्राउ

लागुऔषध गाँजासहित दुई पक्राउ

काठमाडौं । गजुरी गाउँपालिका–२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ र १९ वर्षीय किसान परियार रहेका छन् । तामाङले बोकेको पछाडि भिर्ने झोलाभित्र चार किलोग्राट २०० ग्राम र परियारले बोकेको कालो लेदरको जस्तो देखिने पछाडि भिर्ने झोलाभित्र तीन किलो ९३० ग्राम लागुऔषध गाँजा फेला परेकाले लागुऔषध गाँजा बरामद गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

पृथ्वी राजमार्गमाबाट ताल्ती आउने जाने सडकखण्डमा पृथ्वी राजमार्गको दक्षिण किनारामा झोला बोकी काठमाडौँबाट मुग्लिनतर्फ जाने गाडी कुरी बसिरहेकामा अवस्थामा प्रहरी टोली देखेपश्चात शङ्कास्पद व्यवहार देखाएकाले उनीहरूले बोकेको झोला र शरीरसमेत खानतलासी लिँदा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई प्रतिबन्धित लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७८ माघ १, शनिबार १८:०३ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
  • २०७८ माघ १, शनिबार १८:०३ गते

खजुरा । बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकल धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७८ माघ १, शनिबार १८:०३ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP