२०७९ भाद्र २
August 18, 2022, Thursday

अब महिलाले ३३ प्रतिशत मात्रै नभएर पुरुष सरह ५० प्रतिशत अधिकार पाउनुपर्ने:अष्टलक्ष्मी शाक्य

अब महिलाले ३३ प्रतिशत मात्रै नभएर पुरुष सरह ५० प्रतिशत अधिकार पाउनुपर्ने:अष्टलक्ष्मी शाक्य

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले ३३ प्रतिशतमात्रै नभएर ५० प्रतिशत अधिकार पाउनुपर्ने बताउनुभएको छ । 

आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलाले ३३ प्रतिशत मात्रै नभएर पुरुष सरह ५० प्रतिशत अधिकार पाउनुपर्ने बताउनुभएकाे हो । उहाँले नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनुपर्ने उल्लेख गर्नुभयाे ।  

उहाँले भन्नुभयो, ‘जनसङ्ख्याको आधाभन्दा बढी महिला भएको हिसाबले भन्ने हो भने अब ३३ प्रतिशत होइन ५० प्रतिशत अवधारणा लिएर अगाडि बढ्न सक्नुपर्छ । हिम्मत गर्नुपर्छ । महिलाहरूले पनि आफूलाई सक्षम बनाउँदै जानुपर्छ ।’

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ फाल्गुन २४, मंगलवार १८:५२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ फाल्गुन २४, मंगलवार १८:५२

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
  • २०७८ फाल्गुन २४, मंगलवार १८:५२

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...

TOP