२०८१ बैशाख ८
April 20, 2024, Saturday

गीतले जनयुद्धको विरोध गरेको छैन;अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ:बाबुराम भट्टराई

गीतले जनयुद्धको विरोध गरेको छैन;अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ:बाबुराम भट्टराई

काठमाडौं । प्रकाश सुपतको ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको बताएका छन् । बरु उनले यो गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

गत शुक्रबार सार्वजनिक भएको गीतमा १० वर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ ।

यो गीतमा वैदेशिक रोजगारीको पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएको छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ फाल्गुन २९, आईतवार ०९:३२ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ फाल्गुन २९, आईतवार ०९:३२ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
  • २०७८ फाल्गुन २९, आईतवार ०९:३२ गते

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । ...

TOP