२०८१ बैशाख ४
April 16, 2024, Tuesday

मानव तस्कर गिरोहहरुको क्राइमा टिभी नेपाल द्वारा छड्के कार्बाही(हेर्नुहोस भिडियो मार्फत)

मानव तस्कर गिरोहहरुको क्राइमा टिभी नेपाल द्वारा छड्के कार्बाही(हेर्नुहोस भिडियो मार्फत)

वैदेशिक रोजगारको नाममा गैरकानुनी मानिएको भिजिट भिसाको धन्दा गर्ने कन्सल्टेन्सिलाई क्राइम टिभी नेपालले छड्के कार्बाहिमा पारेको छ ।

धरानका कमल र अशोकलाई बिदेशमा पुराएर काम दिलाईदिने प्रलोभनमा पारी भिजिट भिसाको सहायताले बिदेश पुराउने प्रलोभन दिएका थिए । तर बिदेश नपुराएर लामो समय सम्म झुलाएर राखेको पिडितको गुनासो रहेको छ ।

नेपालको कानुन मा वैदेशिक रोजगारको नाममा भिजिट भिसालाई मान्यता दिदैन तर दिन प्रतिदिन बैदशिक रोजगारको भिजिट भिसाको धन्दा चलाई युवाहरुसँग अशुल्दै ठगि गर्ने एजेन्ट ! मौलाईरहेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघले पनि भिजिट भिसामा घुम्न होइन, काम गर्न श्रमिक लगिएको बताएको छ । यसमा मानव तस्कर गिरोहहरु लागेको वैदेशिक रोजगार व्यवसायी संघको अनुमान छ ।

कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् । तर भिजिट भिसामा गएर रोजगारी गर्न खोज्नेहरु ठगिए वा अरु कुनै समस्यामा परे आफैं जिम्मेवार हुन्छन् । उनीहरुले सहयोग तथा उद्धार सुविधा पाउन पनिक मुस्किल पर्छ । त्यसेले वैदेशिक रोजगारका जानकारहरु श्रमिकको भिजिट भिसालाई ‘जुवा’ मान्छन् ।

तर, पछिल्ला समय प्रलोभनमा पारेर युवालाई विदेश पुर्‍याउने क्रम बढ्न थालेको छ ।कोरोना माहामारीका कारण बन्द भएको अन्यतराष्ट्रिय उडान पुनः सुचारु भएसँगै भिजिट भिसामा जानेको संख्यामा बढेको छ । खासगरी देशभित्र रोजगारी पाउन नसकेका युवा तस्करको प्रलोभनमा परेर बिदेश जाने गरेका छन् ।

सरकारको उदासीननता

भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ रोक्ने मुख्य जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको हो । तर, मानव तस्करहरुले विमानस्थलमा सेटिङ मिलाएको आरोप लाग्दै आएको छ ।

त्यसमाथि होटल बुक गरेको प्रमाण, दुईतर्फी हवाई टिकट, स्पोन्सरसिप लेटर र एकहजार अमेरिकी डलर बोकेकालाई त अध्यागमनले रोक्न पनि सक्दैन । यसरी जानेहरुमाथि शंका लागे अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्न सक्छ, यसो गर्दा पनि रोजगारीकै लागि भिजिट भिसामा लैजान लागेकाहरु समातिन सक्ने भएपनि त्यसो नगरेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

क्राइमा टिभी नेपालको कार्यक्रम जनगुनासोमा दिन प्रतिदिन यस्तो घट्नाको गुनासो आउने गर्छन । बैदेशिका रोजगारमा जाने प्रलोभनमा फसेका पिडितहरु लाई न्यान दिलाउन क्राइमा टिभी तथा sancharchautari.com को संचालक कुस्लभ केसिले त्यस्ता फसाउने कन्सल्टेन्सी तथा एजेन्ट सम्म पुगेर छड्के कार्बाही अघी बढाएका छन् । ।
हेर्नुहोस भिडियो मार्फत

Related News

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७८ चैत्र १७, बिहीबार १५:२७ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ चैत्र १७, बिहीबार १५:२७ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

सुप्रिम सहकारीमा १ अर्ब २ करोड अनियमितता, जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
सुप्रिम सहकारीमा १ अर्ब २ करोड अनियमितता, जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
  • २०७८ चैत्र १७, बिहीबार १५:२७ गते

बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई...

TOP