२०८१ बैशाख ७
April 19, 2024, Friday

नुवाकोटको दुप्चेश्वरमा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता यहि बैशाख १ मा हुने

नुवाकोटको दुप्चेश्वरमा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता यहि बैशाख १ मा हुने

नेपाल रेस्लिङ संघ नुवाकोट शाखाको आयोजनामा यहि बैशाख १ गते दुप्चेश्वर गाउँपालिकामा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता हुने भएको छ । 

करिब १२ लाख भन्दा बढी बजेटमा सञ्चालन हुने प्रतियोगितामा चर्चित ५ विधामा प्रतिष्पर्धा गराइनेछ । 

 प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइड, योङ स्याडी, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबर्ट लगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने नेपाल रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । रेफ्री विकास खड्का र सिसम मैनीले प्रतियोगिता सञ्चालन गर्नेछन् । 


आयोजकका अनुसार हेभिवेट विधाको विजेताले नगद ८५ हजार, हार्डकोरतर्फ ७५ हजार, ट्रिपल थ्रेट विजेताले ४५ हजार, ट्याग टिम विजेताले ६० हजार, लाइटवेट (महिला) विजेताले ४० हजार नगद पुरस्कार, बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ चैत्र २३, बुधबार १३:११ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७८ चैत्र २३, बुधबार १३:११ गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ चैत्र २३, बुधबार १३:११ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP