२०८० चैत्र १६
March 29, 2024, Friday

आईपीएलमा कोलकत्ताले मुम्बईलाई हरायो

आईपीएलमा कोलकत्ताले मुम्बईलाई हरायो

काठमाडौं। मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग आईपीएल टीट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए। भेन्काटेस आयरले ५० रनको योगदान गरे। मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २(२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए। कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए।

जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन।

Related News

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
  • २०७८ चैत्र २४, बिहीबार ११:०६ गते

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । तीन...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ चैत्र २४, बिहीबार ११:०६ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
  • २०७८ चैत्र २४, बिहीबार ११:०६ गते

दोस्रो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड उल्भ्सलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । त्रिबि क्रिकेट मैदानमा टस जितेर...

TOP