२०८१ बैशाख ८
April 20, 2024, Saturday

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो ।

प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए ।

गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको मुख्य प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Related News

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
  • २०७८ चैत्र २७, आईतवार १३:२३ गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायाे...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७८ चैत्र २७, आईतवार १३:२३ गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७८ चैत्र २७, आईतवार १३:२३ गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

TOP