२०८१ बैशाख ७
April 19, 2024, Friday

जेठमा नवौं राष्ट्रिय खेलकुद हुने

जेठमा नवौं राष्ट्रिय खेलकुद हुने

 नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठमा आयोजना हुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

यस अघिको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, सातवटै प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट आउने नौ देशका खेलाडीसहित पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफले शीर्ष तीन स्थान हात पारेका थिए। प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण आर्मीकी गौरिका सिंहले जितेकी थिइन्।

पदक तालिकामा पहिलो स्थान हात पारेको आर्मीले तीन सय ७२ मध्ये एक सय ४० स्वर्ण जित्यो। यस्तै ८१ रजत र ६७ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो।

यसैगरी दोस्रो स्थानको पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्य तथा तेस्रो भएको एपीएफले ५३ स्वर्ण, ७० रजत र ८१ कांस्य प्राप्त गर्‍यो। विभागीय टोलीपछि सर्वाधिक पदक बागमती प्रदेशले जितेको थियो। प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य जितेको थियो।

Related News

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ बैशाख १, बिहीबार १५:०० गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ बैशाख १, बिहीबार १५:०० गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
  • २०७९ बैशाख १, बिहीबार १५:०० गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ । ओमानकाे अल अमिरात क्रिकेट...

TOP