२०८१ बैशाख ७
April 19, 2024, Friday

गभर्नर अधिकारीको निलम्बनमा नेपाल राष्ट्र बैंक कर्मचारी संघको विरोध 

गभर्नर अधिकारीको निलम्बनमा नेपाल राष्ट्र बैंक कर्मचारी संघको विरोध 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गत साता सरकारले गरेको निलम्बनको नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध गरेको छ।

‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नांगो हस्तक्षेप बन्द गर’, ‘अधिकारीमाथि सुरू गरिएको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर’ भन्ने नारासहित कार्यालयको मुख्य भवन अघि कालो ब्यानर टाँगिएको छ।

संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्यका सञ्चालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरूको चंगुलमा फस्दा राष्ट्र बैंकको नेतत्व माथि आक्रमण हुने गरेको बताए। संघले बिरोध स्वरूप आइतबार कार्यालय खुलेसँगै कोण सभा आयोजना गरेको थियो।

२४ चैतको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। अधिकारी निलम्बनको लागि हाल पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति गठन गरिएको छ। समितिले हालसम्म सरकारलाई प्रतिवेदन बुझाएको छैन।

Related News

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
  • २०७९ बैशाख ४, आईतवार १३:२३ गते

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले...

अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
  • २०७९ बैशाख ४, आईतवार १३:२३ गते

सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरा लाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी...

त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ
  • २०७९ बैशाख ४, आईतवार १३:२३ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा प्युठान ऐरावती गाउँपालिका–६ घर भएकी २८ वर्षीया संगीता...

TOP