२०८० चैत्र १६
March 29, 2024, Friday

‘कबड्डी ४’की नायिका गौमायाको नयाँ फिल्म ‘गोर्खा’ साउनमा आउँदै

‘कबड्डी ४’की नायिका गौमायाको नयाँ फिल्म ‘गोर्खा’ साउनमा आउँदै

काठमाडौं । भिक्टोरिया क्रस विजेता कुलवीर थापाको बायोपिक फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ आगामी साउनमा नेपालमा रिलिज हुने भएको छ ।

अहिले हलमा चलिरहेको ‘कबड्डी ४’की अभिनेत्री गौमाया गुरुङको मुख्य भूमिका यो फिल्ममा छ । बेलायतमा छायांकन भएको फिल्मको अहिले सम्पादन भइरहेको निर्देशक प्रदीप शाहीले जनाए ।

२५ सेप्टेम्बर १९१५ मा फ्रान्सको लुसमा बेलायती सेनाले गरेको आक्रमणको घटनामा फिल्म आधारित छ । उक्त आक्रमणमा गोर्खा राइफल्सका सैनिक थापा घाइते भएका थिए । घटनामा बाँच्न सफल उनी त्यसपछि अन्य घाइतेहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई भिक्टोरिया क्रस पदक प्राप्त भयो । उनी यो पदक पाउने पहिलो गोर्खा सैनिक बने ।

निर्देशक शाहीले विश्व शान्तिको लागि लड्ने पूर्खाहरुलाई श्रद्धाञ्जलीको लागि फिल्म निर्माण गरेको बताए । शाही प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गौमायासहित समीर गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ र सूर्य गुरुङको अभिनय छ ।

मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता हुन् । गोर्खालीको सत्य घटनामा आधारित यो फिल्ममा जोडिन पाउनु सुन्दर पक्ष रहेको सुवेदीले बताए ।

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७९ जेष्ठ १८, बुधबार १३:४२ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७९ जेष्ठ १८, बुधबार १३:४२ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

‘महाजात्रा’ आजदेखि प्रदर्शनमा
‘महाजात्रा’ आजदेखि प्रदर्शनमा
  • २०७९ जेष्ठ १८, बुधबार १३:४२ गते

नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै...

TOP