लोक दोहिरी गायनको क्षेत्रमा लोकप्रिय बनेकी गायिका कल्पना दाहालले सुटुक्कै विवाह गरेकी छन् । प्राप्त जानकारी अनुसार उनले परिवारका सिमित सदस्यलाई साक्षीको रुपमा राखेर ‘कोर्ट म्यारिज’ गरेकी हुन् ।
उनले अमेरिका निवासी पुण्यप्रसाद आचार्यसंग सुटुक्कै अदालती विवाह गरेकी हुन् । जिल्ला अदालत काठमाडौं स्रोतले उनको विवाह भएको पुष्टि गरेको छ । टेलिभिजन कार्यक्रम इन्द्रेणबाट दोहिरी गाएर आफ्नो नाम स्थापित गराउन सफल दाहालको थुप्रै गीतहरु हिट छन् ।
उनी सोमबार विवाह दर्ताको लागि अदालत पुगेकी थिइन् । तर, विवाह दर्ता प्रमाणपत्र भने मंगलबार साढे १ बजे मात्रै पाएको श्रोतको भनाइ छ । दाहाल र आचार्यले विवाह दर्ताको प्रमाणपत्र पाएपछि काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो समेत खिचेका छन् । तर, कल्पनाले भने आफ्नो विवाह भएको अस्विकार गरेकी छन् ।
अब उनले किन अस्विकार गरिन भन्ने कुरा उनैले जानुन् । जे होस् उनलाई बैवाहिक जिवनको शुभकामना ।
अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुने भएको छ । नेपाल टूरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप...
काठमाडौं । सरकारले संविधान दिवस भव्यरुपमा मनाउँदै गर्दा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले सोही संविधानको विरोध अन्त्येष्टि यात्रा...
गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक कार्कीको अफिसियल...