२०८१ बैशाख ४
April 16, 2024, Tuesday

नेपाल बोतल वाटर उद्योग संघमा ध्रुव गौतम आएपछी पानीको मुल्यमा समायोजन, उपभोक्ताले पाउने भए खानयोग्य पानी

नेपाल बोतल वाटर उद्योग संघमा ध्रुव गौतम आएपछी पानीको मुल्यमा समायोजन, उपभोक्ताले पाउने भए खानयोग्य पानी

काठमाडौँ । बोतल तथा जारको पानीका उद्योगी तथा उपभोक्ताहरूका लागि नयाँ नियम लागू गरिएको छ । नेपाल बोतल वाटर उद्योग संघले बोतल तथा जारको पानीको गुणस्तर परीक्षण गरेर ‘बारकोड स्टिकर’ टाँस्ने नियम आज बिहीबारदेखि लागू गरेको हो । 

पानीको गुणस्तर मापदण्ड पुरा गरेका पानीमा मात्रै स्टिकर टाँसिने भएकाले स्टिकर टाँसिएका बोतल तथा जारको पानी मात्रै प्रयोग गर्न संघले आग्रह गरेको छ ।

पार्टीको गुणस्तरमाथि पटक पटक प्रश्न उठेकाले गुणस्तरहित पानीको बिक्री वितरण न्यूनिकरण गर्न संघले स्टिकरको व्यवस्था गरेको संघका अध्यक्ष ध्रुव गौतमले जानकारी दिनुभयो ।

संघले संसदीय समिति र सरकारका विभिन्न निकायहरूसँग समन्वय गरेर गुणस्तर परीक्षण गरी स्टिकर टाँस्ने व्यवस्था बिहीबार आजदेखि सुरु गरेको उहाँले बताउनु भयो ।संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव गोकुल थापाले गुणस्तर परीक्षण नगराएका वा गुणस्तर परीक्षण गर्दा मापदण्ड पुरा नगरेकाहरुले स्टिकर टाँस्न नमिल्ने जानकारी दिनुभयो । “गुणस्तरको मापदण्ड पुरा गरेका कम्पनीहरूलाई ‘बारकोड स्टिकर’ दिएका छौं,’ मापदण्ड पुरा नगरेकाहरुले पाएका छैनन्,” उहाँले भन्नुभयो । 

सङ्घमा अहिले काठमाडौँ उपत्यकाका मात्रै १ सय ८२ पानी कम्पनी आबद्ध रहेको र ती सबैको पानी परीक्षण हुने गरेको उहाँले बताउनु भयो । गुणस्तर परीक्षण गरिएका मध्ये केही उद्योगको पानी गुणस्तरहित देखिएको जानकारी दिँदै उहाँले त्यस्ता उद्योगलाई स्टिकर नदिइएको स्पष्ट पार्नुभयो । 

संघका अध्यक्ष गौतमले कुनै जार वा बोतलको पानी बारे कुनै गुनासो वा उजुरी भएका प्रमाणसहित सङ्घमा जानकारी गराउन पनि आग्रह गर्नुभयो । “हामी जसरी हुन्छ, पानी उद्योगलाई जिम्मेबार, व्यवस्थित र विश्वसनीय बनाउन चाहन्छौँ, त्यसका लागि पानीको गुणस्तर परीक्षण गरी बारकोड स्टिकर टाँस्ने व्यवस्था गरेका हौँ,” अध्यक्ष गौतमले भन्नुभयो । उहाँले उपभोक्ताको हितलाई मुख्य प्राथमिकता दिएर यस व्यवसायलाई पवित्र, सम्मानित र आलोचना रहित बनाउनका लागि संघले प्रयास गरिरहेको जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको मुल्यबृद्धिसँगै अधिकांश बस्तु तथा सेवाको मूल्य वृद्धि भएपनि पानीको मूल्य वृद्धि भने नगरिएको उहाँले स्पष्ट पार्नुभयो । “इन्धनको मूल्य वृद्धिका कारणले बोतल तथा जारको पानीको लागत, ढुवानी र सञ्चालन खर्च बढे पनि हामीले मूल्य बढाएका छैनौँ, बरु गुणस्तर बढाउन ध्यान दिएका छौँ,” अध्यक्ष गौतमले दावी गर्नुभयो ।

संसदीय समितिको निर्देशन अनुसार एक लिटरको बोतलको पानीको अधिकतम मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ तोकिएको पनि अध्यक्ष ध्रुव गौतमले जानकारी दिनुभयो ।

Related News

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७९ जेष्ठ १९, बिहीबार १८:१७ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

आगो निभाउने क्रममा एकको मृत्यु
आगो निभाउने क्रममा एकको मृत्यु
  • २०७९ जेष्ठ १९, बिहीबार १८:१७ गते

गुल्मी, वैशाख ३ गते । गुल्मीमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका–...

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७९ जेष्ठ १९, बिहीबार १८:१७ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

TOP