२०८० चैत्र १६
March 29, 2024, Friday

जी–बबले कुनै कार्यक्रममा भाग लिनुपरे आमा–बुवाको सहमति लिनुपर्ने

जी–बबले कुनै कार्यक्रममा भाग लिनुपरे आमा–बुवाको सहमति लिनुपर्ने

काठमाडौँ। अहिलेका चर्चित र्‍याप गायक सुदिप भण्डारी उर्फ जी–बबले कुनै कार्यक्रममा भाग लिनुपरे आमा–बुवाको सहमति लिनुपर्ने भएको छ। सोमबार जी–बब र उनको परिवारबीच भएको सहमति अनुसार कार्यक्रमको लागि परिवारको अनुमति लिनुपर्ने भएको हो।

सोमबार जी– बब, उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरमा छलफल भएको थियो। सो छलफलपछि तीन बुँदे सहमति भएको हो।सहमति अनुसार जी–बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राख्ने उल्लेख छ।

त्यसमा उनलाई पनि अन्य व्यक्तिसरह नै राखिने सहमति भएको हो। त्यस्तै, दोस्रो बुँदामा केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने र कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने उल्लेख छ।

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७९ जेष्ठ ३१, मंगलवार १२:४७ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ जेष्ठ ३१, मंगलवार १२:४७ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७९ जेष्ठ ३१, मंगलवार १२:४७ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

TOP