२०८१ बैशाख ५
April 17, 2024, Wednesday

घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल

घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल

काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन् । हाल ओमनमा हाउस किपिङ्ग काम गरिरहेकी सिन्धुपाल्चोक मेलम्चीकी राधाले २ महिनाको बिदा लिएर फरार व्यक्तिलाई खोज्ने क्रममा हाम्रो स्टुडियोमा आएकी छन् ।

कार्यक्रम जन गुनासोमा प्रस्तोता कुस्लभ केसीसँग कुरा गर्दै ओमनमा रहेको साथीले त्यो व्यक्तिलाई चिनाएको र सोस्तामा मूल्यमा दिने भएकोले साथीले किन्नु भनेर जिकिर गरेपछि उनले पैसा पठाएको बताइन् । उनले भनिन्, “त्यही ओमनमा भएको साथीले चिनाएको थियो, इमानदार छ त्यस्तो केही हुँदैन किन्नुस्, यति सस्तोमा पाउनु हुदैँछ । मैले पनि सोचेकी सिन्धुपाल्चोकमा भूकम्पले घर भत्किएको छ , फर्किएपछि घर चाहिन्छ नै भनेर मैले पैसा पठाएको थिए”

झापा घर भनिएका जित बहादुर भुजेलले आफूलाई भिडियो कल मार्फत घर देखाएर सस्तोमा मूल्यमा दिने भनेपछि पैसा पठाएको राधा देवी भुजेलले बताइन । जिन बा. भुजेलले व्हाट्सएपमा दिएको विभिन्न व्यक्तिहरूको खातामा आफूले पैसा पठाएको र त्यसको सबै रिसिप्ट आफूसँग रहेको बाइन् ।

आफूले पैसा पठाइसकेपछि पनि जित बा. भुजेलले घर दिने कुरा नगरेपछि उनले आफ्नो पैसा फिर्ता मागिन । तर जित बा. भुजेलले उल्टै आफूलाई धम्की दिएको र त्यस पश्चात् सम्पर्क विहीन भएको राधाले बताइन् । पुरा भिडियो होर्नुहोस्

Related News

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७९ असार ३, शुक्रबार १२:०९ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७९ असार ३, शुक्रबार १२:०९ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

सुप्रिम सहकारीमा १ अर्ब २ करोड अनियमितता, जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
सुप्रिम सहकारीमा १ अर्ब २ करोड अनियमितता, जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
  • २०७९ असार ३, शुक्रबार १२:०९ गते

बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई...

TOP