२०७९ भाद्र २
August 18, 2022, Thursday

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त झनै मनिसहरुको जीवन चल्नै गारो भएको थियो । अहिले कोरोनाको महामारी धेरै हद सम्म निर्मूल भए तापनि लकडाउनले निम्ताएको केही समस्या उहिले पनि जीउका तिउँ छ ।

जस्तैकी घर भाडामा बस्ने व्यक्तिहरूले भाडा नतिरेको । लकडाउनको पहिलो चरण यति कष्टकर थियो कि सरकारले नै घरधनीहरूलाई ५० प्रतिशत मात्र घर भाडा लिनु भन्ने घोषणा गरेको थियो । कति घरधनीहरूले त पूर्ण रूपमै घर भाडा छुट पनि दिएको थिए । 

काठमाडौँ चन्द्रागिरि नगरपालिकाकी गीता कार्कीको घरमा भाडामा बस्थे मानलाल तामाङ । धादिङ घर भएका तामाङले लकडाउन देखिको आफ्नो घर भाडा नदिई फरार भएपछि घर धनी गीता कार्की आफ्नो गुनासो लिएर सञ्चार चौतारी डट कमद्वारा सञ्चालित जन–गुनासो कार्यक्रममा आएकी हुन ।

गीताको अनुसार लकडाउनको क्रममा गारो हुन्छ भनेर आफैले मानलाल तामाङलाई घर भाडा अलिक सहज भएपछि दिनु भनिएको तर यतिका समय बित्दा सम्म पैसा नदिएको र हल फरार रहेको उनले बताइन । घरधनी अहिले तामाङको खोजीमा लागेकी छन् । उनले तामाङसँग ९० हजार घर भाडा लिन बाँकी रहेको बताइन । तर तामाङलाई खोज्न ९० हजार लागे पनि उनले खर्च गर्ने बताइन् । तामाङलाई प्रत्यक्ष नभेटी आफूले कोठा खाली नगर्ने उनको जिकिर छ । 

उनले तामाङलाई घर भाडामा सहजीकरण गरेको तर अहिले पैसा नतिरी फरार भएर उल्टै हेपेको हुनाले आफू जस्तै पीडित घरधनी अरू नहुन भनेर तामाङलाई सबक सिकाउने बताइन । गिताले मानलाल तामाङको फोन नं भिडियो मै सार्वजनिक गरेकी छन् । उनले तामाङको जानकारी दिन व्यक्तिलाई १० हजार इनाम दिने पनि घोषणा गरेकी छन् । पुरा भिडियो हेर्नुहोस्  

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७९ असार ५, आईतवार १०:१४

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७९ असार ५, आईतवार १०:१४

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
  • २०७९ असार ५, आईतवार १०:१४

काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...

TOP