२०८१ बैशाख ७
April 19, 2024, Friday

काठमाडौँको टिचिङ हस्पिटलले लगायो प्रचण्डको योजनामा कैँची

काठमाडौँको टिचिङ हस्पिटलले लगायो प्रचण्डको योजनामा कैँची

काठमाडौँ – काठमाडौँको त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सुरु गरेको योजनामा कैँची लगाएको छ । प्रचण्ड प्रधानमन्त्री र गगन थापा स्वस्थ्यमन्त्री हुँदा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा हस्पतालले कैँची लगाएको हो ।

डेढ वर्षयता स्वास्थ्य बिमा कार्यक्रमको रकम भुक्तानी नभएपछि अस्पतालले अनिश्चितकालका लागि बिमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बिमा बोर्डले करिब आठ करोड रकम पुगिसक्दासमेत भुक्तानी नगरेको भन्दै अस्पतालले १५ असारदेखि लागू हुने गरी कार्यक्रम स्थगन गरेको हो ।

योसँगै त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुग्ने दैनिक लगभग चार सय बिरामी प्रभावित हुनेछन् । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य बिमा बोर्डले कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगन गरेको जानकारी गराएका थिए । बिमितको उपचारबापतको करिब आठ करोड रकम स्वास्थ्य बिमा बोर्डले उपलब्ध नगराएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ०७७ मंसिरदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको थियो । सरकारले रकम भुक्तानी नगर्दा औषधि किन्न, उपकरण मर्मतसम्भार गर्न र खरिद, सेवामा खटिएका कर्मचारीको सेवा–सुविधामा समस्या भएका कारण बिमाबापतको उपचार सेवा तत्कालका लागि रोक्नुपरेको अस्पतालका कार्यकारी निर्देशक काफ्लेको भनाइ छ । बिमा कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको हो ।

‘बोर्डको मापदण्डअनुसार विभिन्न प्रकृतिका बिरामीलाई उपलब्ध हुने सेवा–सुविधासमेत मेल नखाँदा अस्पतालले व्यहोर्न सक्ने अवस्था रहेन । स्वास्थ्य बिमा बोर्डले सरकारबाट पैसा नआएको भन्दै रकम भुक्तानी रोकेको छ । बोर्डले अस्पतालको उपचार खर्चअनुसार मापदण्ड बनाएर अघि बढेमा कार्यक्रम पुनः सञ्चालनमा ल्याइनेछ,’ उनले भने ।

निर्देशक डा. काफ्लेका अनुसार बोर्डले निर्धारण गरेको बिमा भुक्तानीको रकम र अस्पतालमा हुने खर्च मेल नखाँदा समस्या भएको हो । सामान्यतया जटिल शल्यक्रियाका केसमा टिचिङ अस्पतालमा खर्च तुलनात्मक रूपमा बढी हुने, तर बिरामीले बिमा दाबी गर्दै तिर्न नमान्ने हुँदा अस्पतालले कार्यक्रम रोक्नुपरेको डा. काफ्लेले बताए ।

‘उपचारमा प्रयोग हुने औषधि बिमाको रकमअनुसार व्यवस्थापन गर्न सकिन्छ, तर अन्य उपचारमा सम्भव छैन । जस्तै प्रसूतिका लागि टिचिङसम्म पुग्ने केसहरू मुटु, मिर्गौला, कलेजो वा यस्तै अन्य समस्या भएका हुन्छन् । प्रसूतिको समयमा आमा वा बच्चालाई आइसियूजस्ता सघन उपचार अति आवश्यक हुन्छ, जसले गर्दा खर्च बढी हुन्छ । तर, खर्चअनुसारको भुक्तानी गर्न बोर्ड तयार दैखिँदैन,’ उनले भने ।

बिरामीको उच्च भिडभाड हुने टिचिङ अस्पतालमा बिमाअनुसार रकम भुक्तानी समयमै नहुँदा अन्य सेवा–सुविधासमेत प्रभावित भएकाले बिमा कार्यक्रम रोकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार हाल देशभर चार सय ४० स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन् ।

यता बीमा बोर्डले भने सरकारले भुक्तानी नदिदा समस्या भएको जनाएको छ ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ असार ५, आईतवार ०८:५८ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ असार ५, आईतवार ०८:५८ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ असार ५, आईतवार ०८:५८ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP