२०८० चैत्र १६
March 29, 2024, Friday

वायु सेवा सञ्चालकलाई प्राधिकरणको चेतावनी- हवाई सेवा बन्द गरे चुप लागेर बस्दैनौँ

वायु सेवा सञ्चालकलाई प्राधिकरणको चेतावनी- हवाई सेवा बन्द गरे चुप लागेर बस्दैनौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सेवा बन्द नगर्न वायु सेवा कम्पनीहरूलाई आग्रह गरेका छन् ।

विभिन्न पाँच बुँदे माग राखेर वायु सेवा सञ्चालकहरूले बुधबारदेखि उडान बन्द गर्ने निर्णय गरेसँगै अधिकारीले उड्डयन अत्यावश्‍यक सेवा भएको भन्दै बन्द नगर्न आग्रह गरेका हुन् ।उनले अत्यावश्यक सेवाअन्तर्गत पर्ने हवाइ सेवा बन्द गरिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

कानुनले नै यस्तो सेवा बन्द गर्न नपाइने भनेको उल्लेख गर्दै अधिकारीले बन्द गरिए प्राधिकरण चुप नलाग्ने चेतावनी दिएका हुन् ।’एयरलाइन्स कम्पनीले बन्द गर्ने घाेषणा गरेको सुनियो ।

अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन, गरियाे भने प्राधिकरण चुप लागेर बस्दैन,’ अधिकारीले भने ।नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई सेवा प्रदायक कम्पनीले जहाज विसानका लागि लिएको अनुमतिअनुसार नै जहाज पार्किङ गर्नुपर्ने र पहिले उडान त्यहीँबाट गर्नुपर्ने निर्णय गरेको थियो । यसैगरी प्राधिरकणले हेलिकाेप्टरमा २ जना पाइलट राख्नुपर्ने निर्णयसमेत गरेको थियो ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ असार ७, मंगलवार २१:१५ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७९ असार ७, मंगलवार २१:१५ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७९ असार ७, मंगलवार २१:१५ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP