२०८० चैत्र १६
March 29, 2024, Friday

सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !

सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !

काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको भाडा पनि त्यही अनुपातमा बढ्न पुगेका कारण बसमा चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको हो ।

डिजेलको मूल्य बढेपछि सर्वसाधारणले अत्यधिक प्रयोग गर्ने बस, माइक्रोबसलगायतका सवारी साधानका भाडा बढेको छ । पछिल्लो पटक पेट्रोलको मूल्य बढ्नु अघि सर्वसाधारणले बसमा खुट्टा राख्दा वित्तीकै २० रुपैयाँ तिर्दै आएका थिए । तर, गत आइतबार आयल निगमले डिलेलको मूल्य २७ प्रतिशतले बढाएपछि बस व्यवसायीले पनि भाडा दर बढाएर २५ रुपैयाँसम्म पुर्याएका छन् ।

यातायात व्यवसायीले भन्न पेट्रोलको मूल्य बृद्धि २७ प्रतिशतले भए अनुसार नै यातायातका साधानको भाडा पनि २७ प्रतिशतले बढाएको भन्दै आएका छन् । तर, उनीहरुले त्यसरी बढाएको भन्दा बढी भाडा बस तथा आइक्रोबसहरुले लिन थालेका छन् ।केही बस तथा माइक्रोबसहरुले अहिले पनि खुट्टा राख्दा वित्तीकै २० रुपैयाँ नै लिदै आएपनि धेरैजसोले भने २५ रुपैयाँ लिन थालेका छन् । पेट्रोलको मूल्य बढेका कारण भाडा दर २३ रुपैयाँ भएपनि चान चुन रकम नभएको भन्दै २५ रुपैयाँ नै लिन थालेका हुन् ।

खुद्रा रकम दिइयो भने त अहिले पनि २०/२२ रुपैयाँले मानिहाल्छन्, खुद्रा रकम दिइएन भने त २५ रुपैयाँ नै लिने गरेको सर्वसाधारणको गुनासो छ ।एउटै रुटमा नचल्ने अर्को रुटमा चल्ने यातायातको सवारी साधनमा खुट्टा राख्दा वित्तीकै ५० रुपैयाँ र त्यति बाटो पुनः आफ्नो गन्तब्यमा फर्कदा पुनः त्यति नै पैसा तिर्नु पर्ने अवस्था आएको छ । घरबाट बाहिर निष्कदा वित्तीकै कम्तिमा १०० रुपैयाँ बस भाडालाई छुट्टाउनु पर्ने अवस्था आएको छ ।

Related News

बजेट लेखन समिति गठन
बजेट लेखन समिति गठन
  • २०७९ असार ८, बुधबार १०:५९ गते

काठमाडौं- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ असार ८, बुधबार १०:५९ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

सुनको भाउमा फेरि नयाँ रेकर्ड
सुनको भाउमा फेरि नयाँ रेकर्ड
  • २०७९ असार ८, बुधबार १०:५९ गते

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज २ हजार १ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ...

TOP