२०७९ भाद्र २
August 18, 2022, Thursday

एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प

एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प

काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । “यो परकम्प होइन, भूकम्प हो,” उनले बाह्रखरीसित भने ।

यस्तै, आजै बिहान गोरखामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर २२ मिनेटमा गोरखाको थुमी आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

थुमीको धक्का भने गोरखा भूकम्पकै परकम्प भएको भूकम्पविद् भट्टराईले बताए ।

Related News

गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
  • २०७९ असार ९, बिहीबार ११:०९

काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...

“सन नानी” पछि पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
“सन नानी” पछि पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
  • २०७९ असार ९, बिहीबार ११:०९

काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...

१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
१४ वर्षीया बालिकामाथि बलात्कार, एकजना पक्राउ
  • २०७९ असार ९, बिहीबार ११:०९

मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...

TOP