सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि बेपत्ता छन् । २२ जेठ बेलुका कोठाबाट निस्किएका उनी अझै फेला परेका छैनन् । उनी छवि आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुन् ।
केही समयअगाडि कालिकोटदेखि भाइबहिनीसँगै स्कुल पढाउन वीरेन्द्रनगर–४, मूलपानीमा कोठा खोजी राखेर आफूहरू कामको खोजीमा भारत गएको विनोदकी आमा अमसरा विकले बताइन् ।
‘हामीले प्रहरी कार्यालयमा खबर गरे पनि अझै पत्ता लाग्न सकेको छैन,’ उनले भनिन्, ‘हामीले धेरै ठाउँमा खोज्यौैँ ।’ नेपालमा छोरा हराएको खबर पाएपछि आफू भारतबाट नेपाल आएको अमसराले बताइन् । ‘छोराछोरीलाई पढ्न भनेर सुर्खेतमा राखेको, उनी किन र कसरी हराए भन्ने हामीलाई जानकारी नै छैन,’ उनले भनिन्, ‘उनी निकै सोझा थिए ।’
काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...
काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...
मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...