२०८१ बैशाख ५
April 17, 2024, Wednesday

ओमप्रकाश पुनसहित ४ नेताले छाडे विप्लवको साथ

ओमप्रकाश पुनसहित ४ नेताले छाडे विप्लवको साथ

९ असार, धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।

जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् ।

‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफूहरुले सामूहिक राजीनामा दिएको पुष्टि गर्दैसेती महाकाली इन्चार्जरहेका ओमप्रकाश पुनले भने, ‘कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणलाई महसुस गयौं । हाम्रो नेतृत्व अहिले यो दिशामा जाने स्थिती देखिएन टुटफुट र विभाजित भएका कम्युनिष्ट शक्तिहरू स-साना समूहमा बसेर हुँदैन ।

उनले सडक, सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकोले सबैलाई एकताबद्ध गर्न अभियान थालेको बताए ।

नेता पुनले माओवादी केन्द्रमा प्रवेश गर्ने विषयमा पनि छलफल जारी रहेको भन्दै निष्कर्षमा पुगिनसकेको बताए । उनले माओवादीसँगै अन्य शक्तिहरुलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको बताए ।

Related News

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते
  • २०७९ असार ९, बिहीबार ११:०५ गते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७९ असार ९, बिहीबार ११:०५ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनमा
  • २०७९ असार ९, बिहीबार ११:०५ गते

काठमाडौं- नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार...

TOP