२०८० चैत्र १६
March 29, 2024, Friday

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र भएको  टिप्पणी गरेका छन् । हिजो ओली को हो र उनको निर्णय मान्नुपर्ने भन्दै छात्ती पिट्ने माधव नेपाललाई उनकै मन्त्रीहरुले टालो बनाएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिजो ओली को हो र उनको निर्णय मान्नुपर्ने भन्दै छात्ती  पिट्ने माधव आजै आफ्नै मन्त्रीहरुबाट फ्याँकिएको टालो जस्तो भएर निरिह बनेको आरोप लगाएका छन् ।

‘हिजो ओली को हो र ? उनको निर्णय मान्नु पर्ने रु म नेता हुँ नेता, भनेर छाँती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला म्यादी भित्र जादा उमेदवार बाहिर निस्कने उमेदवार मन्त्रीभित्र जादा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ,’ उनले भनेका छन् ।

नेपाली काँग्रेस नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेरको तयारी भर्खरै गरिरहेको छ । तर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले भने यसअघि नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु सिफारिस गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समय मन्त्रिमण्डल हेरफेर गर्न सहमति दिएका थिएनन् ।

यही समय नेता बास्कोटाले अध्यक्ष माधव नेपालको निर्णयलाई मन्त्रिहरुले अटेर गरेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ असार ९, बिहीबार १६:१० गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ असार ९, बिहीबार १६:१० गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७९ असार ९, बिहीबार १६:१० गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP