१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो ।
टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर माथि जंगलको थानकोट चित्लाङ सडक खण्डदेखि १०० मिटर तल भिरमा फसेको अवस्थामा उद्दार गरेको हो ।
उनीहरुलाई डोरीको सहायतले सुरक्षित स्थानमा ल्याएर साथीहरुको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
प्रहरीले अमेरिका पोटोरिको घर भएका ३४ वर्षका डग्लस रो, भारत चण्डीगढका ३० वर्षका नवप्रित डिलोन र भारत मुम्बईका २९ वर्षका माधव गुप्ता रहेका छन् ।
काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...
काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...
मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...