काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले जिमखानामा शारीरिक व्यायाम गर्ने धरानका युवालाई यस्तो योजना ल्याएका हुन् ।
प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानवासीलाई पानी खुवाउन योजनालाई सहयोग गर्न ती युवालाई आह्वान गरेका हुन् । स्थानीय पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर नगरवासीलाई पानी खुवाउन सहयोग गर्न आह्वान गरेका हुन्।
‘जिम गयो भने पैसा तिर्न पर्छ, यहाँ श्रम गर्दा त उल्टो पैसा आउँछ । प्रकृतिसँग रमाउँदै पसिना निकाल्दा ज्यान पनि लाग्छ ।’ भन्दै साम्पाङ युवाहरुलाई आह्वान गरेका हुन् ।
‘दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवालाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आह्वान गर्दछु,’ उपमहानगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले स्थानीय तह निर्वाचनमा धरानवासीलाई पानी खुवाउने एजेन्डा अघि सारेका थिए। धरान–२० मा पर्ने पकुवा खोलाबाट पानी ल्याउन साम्पाङ आफैँ श्रमदान गर्दै आएका छन्।
काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...
काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...
मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...