२०७९ भाद्र २
August 18, 2022, Thursday

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु घर भएकी हाल बौद्ध जोरपाटी बस्दै आएकी फुर्वा शेर्पालाई नुवाकोटका सूर्य बहादुर तामाङले आफूलाई २५ दिन भित्र फ्रान्स पठाइदिने नत्र सबै पैसा साहु र व्याज सहित फिर्ता गरिदिने भन्दै ५ लाख ४० हजार लिएको रहेछन् ।

तर पैसा दिएको डेढ वर्ष बितिसक्दा पनि आफूले आफ्नो पुरा रकम नपाएको फुर्वाले गुनासो गरिन । जन–गुनासो कार्यक्रममा प्रस्तोता कुस्लभ केसीसँग कुरा गर्दै उनले भनिन् , “गाउँको छिमेकी मार्फत एजेन्ट सूर्य तामाङसँग भेट भएको थियो र उहाँले विश्वासिलो कुरा गर्नुभएको थियो त्यसैले पैसा दिएको हो”

२५ दिन मै फ्रान्स पुर्‍याउने भने पनि छोटो समयमा आफूसँग त्यति रकम नभएपछि रिन लिएर एजेन्ट तामाङलाई दिएको फुर्वाले बताइन । धेरै पटक फोन गरेपछि तामाङले २ पटक गरेर ३ लाख ५० हजार मात्र फिर्ता गरेको उनले बताइन् । एजेन्ट सुर्यले काम नभए आफूलाई ब्याज सहित फिर्ता गर्ने भनेता पनि डेढ वर्ष बिती सक्दा पनि सावा नै फिर्ता नभएको उनले गुनासो गरिन । पुरा भिडियो हेर्नुहोस्:

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७९ असार १२, आईतवार ११:३५

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७९ असार १२, आईतवार ११:३५

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य
  • २०७९ असार १२, आईतवार ११:३५

काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...

TOP