भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा परिचर्चा र बहस सुरु हुन थालेको छ ।
बैकल्पीक राजनिती गर्छु भन्दै राजनितिको मैदानमा छिरेका बावुराम भट्टराई हुँदै रविन्द्र मिश्र र विवेकशिलका रञ्जु दर्शना सम्मको राजनिती पत्तासाफ भएको बेलामा एकाएक नयाँ पार्टी खोलेर बैकल्पीक राजनितीक शक्ति बन्ने उद्घोषका साथ मैदान छिरेका रविले कसरी यो आँट गर्न सकेका छन् भन्ने खोजि पनि सुरु भएको छ ।
प्रतिनिधीसभाको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने या कुनै स्थापित पार्टीमा लामिछाने प्रवेश गर्न सक्नेछन् भन्ने आम अनुमानका विपरित उनले घण्टी चुनाव चिन्ह प्रस्ताव गरेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पछि स्वयं उनका शुभचिन्तकहरुलाई सप्राइज दिएका थिए ।
घोषणा कार्यक्रममा आफ्नो राजनितिक यात्रा कठिन भएको तर असम्भव नभएको घोषणा गरेका रविले अझ रोचक कुरा त आफु व्यवस्था परिवर्तन गर्न नभइ नेपाली जनताको अवस्था परिवर्तन गर्न मात्रै राजनितिमा आएको बताएका थिए । व्यवस्था नभइ अवस्था मात्रै परिवर्तन गर्ने भन्ने उनको स्टेटमेन्ट निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
नेपाली समाजमा अर्को पेचिलो बहसको रुपमा रहेका धर्म निरपेक्षताको बिषयमा भने रविको पार्टीको लाइन के हो भन्ने प्रष्ट बुझिएको छैन । समानुपातिक भोटलाई समेत लक्षित गरेर स्वतन्त्र नउठेर पार्टीनै खोलेको भनेका रविले हिन्दु राष्ट्रको एजेण्डा लिएर निर्वाचनमा जान सक्ने अनुमान पनि गरिएको छ ।
रविले हिन्दु धर्मको एजेण्डा लिन सक्ने अर्को पनि संकेत दिएका छन् । यसरी आम मानिसहरुको बिश्लेसण र पार्टी घोषणा कार्यक्रमा धर्म निरपेक्षताको बिषयमा केही नबोल्नुले सनातन हिन्दुराष्ट्रको पक्षमा रहेका राजेन्द्र लिंग्देंन र कमल थापाको अभियानमा सघाउने त होइन भन्ने चर्चा हुन पनी थालेको छ । संगै पार्टी घोषणाको बिहान रबि पशुपति दर्शनमा जानु र धार्मिक बिशेषता बोकेको घण्टी आफ्नो चुनाव चिन्हको रुपमा अघि सार्नुले पनि आगामिक निर्वाचनमा हिन्दु रास्ट्रको एजेन्डा बोकेर जनतामा जानसक्ने स्पष्ट संकेत हो भन्ने अनुमान पनि सुरु भैसकेको छ ।
काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना...
काठमाडौं । दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी...
मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...