२०८० चैत्र १५
March 28, 2024, Thursday

संसद बंक हानेर कहाँ जान्छन् प्रचण्डका ससुरा बुहारी ?

संसद बंक हानेर कहाँ जान्छन् प्रचण्डका ससुरा बुहारी ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित २७ जना नेताहरु संसदमा आधा पनि उपस्थित नभएको पाइएको छ । त्यसको अग्रस्थानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा छन् ।

संघीय संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार यो प्रतिनिधिसभाको पाँच वर्षमा २ सय ९६ दिन बैठक बसेको छ । ०७४ फागुन २१ देखि ०७९ जेठ मसान्तसम्मको हाजिर अभिलेखअनुसार ५० प्रतिशत पनि उपस्थित नहुने सांसद २७ जना छन् ।

यो प्रतिनिधिसभाको पहिलो अधिवेशन १० दिन, दोस्रो ६९ दिन, तेस्रो अधिवेशन ३२ दिन र चौथो अधिवेशन ६० दिन चलेको थियो । पाँचौं अधिवेशनमा ३० दिन, छैटौंमा २५ दिन, सातौंमा ९ दिन र आठौंमा ९ दिन बैठक बसेको थियो । त्यस्तै नवौं १२ दिन र १० औं अधिवेशनमा १९ दिन बैठक बसेको थियो । जेठ ३ बाट ११ औं अधिवेशन जारी छ, जेठमा मात्रै २१ बैठक बसेका छन् ।

यसरी जननिर्वाचित प्रतिनिधिसभालाई उपेक्षा गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्र्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा अगाडि छन् । उनीहरू दुवै जना ७७÷७७ दिन मात्र उपस्थित छन् भने २ सय १९ दिन गयल छन् । त्यस्तै जसपा सप्तरीका सांसद सूर्यनारायण यादव सबैभन्दा बढी अनुपस्थित हुने सूचीको तेस्रोमा पर्छन् । उनी २ सय ४ दिन अनुपस्थित भएका छन् । ‘म बिरामी भएकै कारण नियमित उपस्थित हुन सकिरहेको छैन,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

कपिलवस्तुबाट निर्वाचित कांग्रेसका अभिषेक प्रताप शाह २ सय २ दिन गयल भएका छन् । गुल्मीबाट निर्वाचित एमाले सांसद गोकर्णराज बिष्ट १ सय ९६ दिन गयल छन् । २ सय ९६ दिन संसद् चल्दा बिष्ट १ सय दिन मात्रै उपस्थित छन् । ‘मन्त्री हुँदा फुर्सद कम भयो, अरू बेला पनि स्वास्थ्य समस्याको कारण नियमित जान सकिएन,’ बिष्टले भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि कम उपस्थित हुनेमा पर्छन् । उनी १ सय ३ दिन हाजिर हुँदा १ सय ९३ दिन गयल छन् । उनी पछि गयल हुने सूचीमा माओवादीकै बिना मगर छिन् । उनी प्रचण्डकी बुहारी हुन् । उनी एक सय ४ दिन हाजिर र १ सय ९२ दिन गलय छिन् । माओवादीका शिवकुमार मण्डल १ सय ९१ बैठकमा अनुपस्थित छन् । जसपाका सांसद मोहम्मद इस्तियाक राई पनि १ सय ९१ दिन अनुपस्थित छन् ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ असार १३, सोमबार १०:०३ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ असार १३, सोमबार १०:०३ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७९ असार १३, सोमबार १०:०३ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP