२०८० चैत्र १५
March 28, 2024, Thursday

सप्तरीमा चोरी मुद्दामा फरार तीनजना आरोपी पक्राउ

सप्तरीमा चोरी मुद्दामा फरार तीनजना आरोपी पक्राउ

सप्तरी – प्रहरीले चोरीको मुद्दामा फरार तीनजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक तेर्हौता गाविस वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार चौधरी, गोविन्द चौधरी र दिलीप सदालाई पक्राउ गरेको हो।

३ फागुन ०७० मा ना ४ ख ९१०४ नम्बरको ट्रक तेरहौता गाविस–६ मा अनियन्त्रित भई पल्टिँदा ट्रकमा लोड भएको प्लाइउड चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतको १७ कात्तिक ०७१ को फैसलाको आधारमा उनीहरू पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

गाउँघरमै लुकिछिपी बसेको बेला गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरी फेला पारी पक्राउ गरी सप्तरी जिल्ला अदालतमा तीनैजनालाई हाजिरी गराई जनही ४४ सय आठ रुपैयाँ जरिवाना तिराई एक महिनाका लागि कारागार चलान गरेको छ।

सोमबार गाली बेइज्जती मुद्दाका अन्य चारजना फरार प्रतिवादीहरुसमेत पक्राउ गरी फैसला कार्यान्वयनका लागि सप्तरी जिल्ला अदालतमा हाजिर गराएको प्रहरी प्रवक्ता काफ्लेको भनाइ छ।

विभिन्न आरोपमा फरार रहेका आरोपीमध्ये चालू आव २०७८०७९ साउनदेखि हालसम्म तीन सय ६८ जना प्रतिवादी पक्राउ गरी अदालतमा हाजिर गराइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ असार १३, सोमबार १३:२० गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

राहुल साहको हत्याराहरुलाई कानूनी कारवाही गर्नुपर्ने माग गर्दै गौरमा प्रदर्शन
राहुल साहको हत्याराहरुलाई कानूनी कारवाही गर्नुपर्ने माग गर्दै गौरमा प्रदर्शन
  • २०७९ असार १३, सोमबार १३:२० गते

गौर । राहुल साहको हत्यारालाई कारवाहीको माग गर्दै आज रौतहटको गौरमा पीडितले प्रदर्शन गरेका छन् । साहको हत्या भएको महिनौ...

गोरखामा मजदुर कुटिएको आरोपमा सार्वजनिक यातायात बन्द
गोरखामा मजदुर कुटिएको आरोपमा सार्वजनिक यातायात बन्द
  • २०७९ असार १३, सोमबार १३:२० गते

गोरखा । ग १ ख ७१९१ नम्बरको बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि फागु फूर्णिमाको दिन गोरखा नगरपालिका–७...

TOP