२०८० चैत्र १६
March 29, 2024, Friday

सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

दाङ – सल्यानमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। जाजरकोटको भेरी नगरपालिका वडा नं. २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हुन्।

रमेश र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाख गाँउपालिका वडा नं. १ शान्तिबजारस्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले सेतोपाटीलाई बताए।

पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा राति ११ बजेतिर उनीहरू घरभित्र छिरेर मुख कपडाले छोपी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको डिएसपी खड्काले जानकारी दिए।

‘बलात्कारमा संलग्नहरू मुखमा नकाब लगाएर गएको र घरेलु हतियार हँसिया देखाएर ज्यान लिने धम्की दिएर जबरजस्ती करणी गरेको भन्ने छ,’ डिएसपी खड्काले भने, ‘पीडित बालिकाले मरेको नाटक गरेपछि उनीहरू छोडेर भागेका रहेछन्।’

घटनापछि बालिकाले हारगुहार माग्दा ठूली आमा ब्युँझिएको र उनैले बिहीबार बिहान साढे २ बजे प्रहरीलाई घटनाबारे खबर गरेपछि राति नै प्रहरी परिचालन भए पनि आरोपितलाई भागेको हुँदा फेला पार्न नसकेको डिएसपी खड्काले जानकारी दिए।

घटनास्थल दुई जिल्लाको सीमानास्थल भएको हुँदा एक जिल्लाबाट अर्को जिल्ला जान सहज रहेको र राति नै उनीहरू भागेर जाजरकोट पुगेको डिएसपी खड्काले बताए।

‘पहिला त अज्ञात समूहले बालिकामाथि सुतिरहेको समयमा घरभित्रै घुसेर फिल्मी शैलीमा बलात्कार गरेको भन्ने सूचना दिइएको थियो,’ डिएसपी खड्काले भने, ‘पछि अनुसन्धान गर्दै जाँदा मात्रै जाजरकोट प्रहरीको सहयोगमा पहिला भण्डारीलाई पक्राउ परेपछि बस्नेतलाई पनि पक्राउ गर्न सहज भएको हो।’

डिएसपी खड्काका अनुसार बलात्कारमा संलग्न युवाहरू पीडित बालिकाकी दिदीका साथीहरू रहेको खुल्न आएको छ। उनकी दिदी पनि नाबालिक नै रहेको तर, उनीहरू साथीहरू रहेको खुल्न आएको डिएसपी खड्काले बताए।

‘प्रहरीलाई घटना अनुसन्धान गर्न निकै गाह्रो भयो,’ डिएसपी खड्काले भने, ‘मध्यरातमा अज्ञात समूहबाट सामूहिक बलात्कार भएको भन्ने कुराको सूचना आउनासाथ प्रहरीले राति नै एक्सन लिएर खोजी सुरू गरेको हो।’

आरोपितबारे कुनै सुराक नमिलेपछि दोस्रो दिन असार २३ गते बिहान पीडितकी दिदीलाई सोधपुछ गर्ने क्रममा उनीहरूलाई बिहीबार बिहान आफूले शान्तिबजारमा देखेको कुरा गरेपछि त्यहीबाट अनुसन्धान सुरू गरिएको डिएसपी खड्काले बताए।

घटना अनुसन्धानका लागि सुरूमा जाजरकोट प्रहरीको सहयोगमा भण्डारीलाई नियन्त्रणमा लिएपछि १४ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारबारे पोल खुलेको डिएसपी खड्काले बताए।

पक्राउ परेका रमेश र डिल्लीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको प्रहरीले जनाएको छ। नारायण खड्का/setopati.com

Related News

विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
  • २०७९ असार २४, शुक्रबार १३:२७ गते

नेपालगन्ज, चैत १५ गते। नेपालगन्ज विमानस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न तथा क्यान्टिनमा अनिवार्य रूपमा मूल्य सूची राख्न उच्च अदालतले अन्तरिम...

एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७९ असार २४, शुक्रबार १३:२७ गते

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ असार २४, शुक्रबार १३:२७ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP