२०८१ बैशाख १४
April 26, 2024, Friday

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।

गत वर्ष रु २५ हजार प्रति मेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रति मेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए ।

उनले प्राकृतिक प्रकोप, बेमौसमी वर्षातको साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले इँटा उद्योगलाई असर पारेको जानकारी दिए . महासचिव गुप्ताले भन], “इँटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली इँटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँटा उद्योग बन्द गर्ने मनसायमा इँटा उद्योगी पुगेका हुन् ।”

जिल्लामा करिब ४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नुका साथै सोचेअनुसार इँटाको माग नहुँदा सञ्चालित इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ थियो ।

त्यस्तै लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका सदस्य दीपक पौडेलले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाए । उनले कोइला आयातमा नेपाल सरकारले सहजीकरण गर्नाका साथै जिल्लामा उत्पादित इँटाको माग बढाउनुपर्नेमा जोड दिए।

रुपन्देहीमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौँ, अर्घाखाँची, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ । छिमेकी राष्ट्र भारतमा पनि इँटा व्यवसायीले इँटा उत्पादनको लागत थेग्न नसकेर एक लाख इँटा उद्योग बन्द गर्ने अखिल भारतीय इँटा एवं टायल व्यवसायी महासङ्घले घोषणा गरेको र यसको असर नेपालमा समेत पर्ने अनुमान गरिएको छ ।

Related News

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७९ असार २५, शनिबार १४:०६ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
  • २०७९ असार २५, शनिबार १४:०६ गते

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन...

आगलागी पीडितले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाए
आगलागी पीडितले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाए
  • २०७९ असार २५, शनिबार १४:०६ गते

महोत्तरी । मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् ।...

TOP