काठमाडौँ । अधिवक्ता रामचन्द्र पौडेल ‘आरसी विमल’ ले बार एसोसिएसनमा एउटा नेता मात्रै नभएर एक सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।
आगामी असार ३२ गते शनिवार हुन गइरहेको काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको निर्वाचनका लागि काँग्रेस समर्थित कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष पदका उम्मेदवार अधिवक्ता रामचन्द्र पौडेल ‘आरसी विमल’ ले काठमाडौँमा आयोजित उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा बोल्दै नेता र नेतृत्वमा धेरै फरक रहेको बताएका छन् । उनले भने, “यो मुलुकले धेरै नेता पाइसकेका छन् तर एउटा बोल्ड नेतृत्व आवश्यक रहेको छ । त्यसैले बार एसोसिएसनमा पनि सबैको समस्या बुझ्ने एक कुशल अनि बोल्ड नेतृत्वको आवश्यक छ ।”
उनले काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनमा आएका विभिन्न समस्यालाई व्यवस्थापन गर्नका लागि आफू एक कुशल नेतृत्व र योग्य उम्मेदवारहरू सहितको टिम आगामी निर्वाचनमा भाग लिएको बताएका छन् ।
उनले आफ्नो टिम सबै क्षेत्रको प्रतिनिधित्व हुने टिम रहेको बताउँदै आफ्नो अमूल्य मत दिएर काम गर्ने अवसर दिनुहुन कानुन व्यवसाइहरुलाई आग्रह गरे ।
उनी नेतृत्वको टिमले कानुन व्यवसायीको हित भन्दा बाहिर गएर कुनै पनि काम नगर्ने र प्रतिवध्यता सम्मेत व्यक्त गरे ।
उनले डिएलएको आन्तरिक निर्वाचनमा कसैको हार नभएर सबैको जित भएको बताउँदै आन्तरिक निर्वाचनमा उम्मेदवार बन्नुभएका सबै जना प्रति उच्च सम्मान व्यक्त गरे ।
आगामी असार ३२ गते काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको निर्वाचनका लागि उनको टिम डिएलए काठमाडौँ तर्फबाट उपाध्यक्षमा पदमा पुरुषोत्तम अधिकारी, सचिवमा उज्ज्वल राम श्रेष्ठ, सहसचिवमा अन्जु रेग्मी र कोषाध्यक्षमा सन्तोष भण्डारी उम्मेदवार छन् ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...