२०८० चैत्र १६
March 29, 2024, Friday

५१ अर्बको दूरसञ्चार उपकरण तथा पार्टपूर्जा आयात

५१ अर्बको दूरसञ्चार उपकरण तथा पार्टपूर्जा आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालमा ५१ अर्ब रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात ५० अर्ब ७३ करोड ६७ लाख रुपैयाँको भएको देखिएको हो।

नेपालमा सबैभन्दा धेरै दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात चीनबाट हुने गरेको छ।

चीनबाट ३३ अर्ब ८९ करोड ६१ लाख रुपैयाँको आयात भएको छ। यस्तै, भारतबाट १३ अर्ब ५० करोड ६६ लाख रुपैयाँ र अन्य मुलुकबाट ३ अर्ब ३३ करोड ४० लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात भएको हो।

गत आर्थिक वर्ष सोही अवधिमा ४३ अर्ब २५ करोड २१ लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात भएको थियो।

जसमा चीनबाट २८ अर्ब ५५ करोड २५ लाख रुपैयाँ, भारतबाट १२ अर्ब १३ लाख रुपैयाँ र अन्य मुलुकबाट २ अर्ब ६९ करोड ८३ लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात भएको थियो।

एक वर्षको अवधिमा दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयातको आयात ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँले बढेको हो।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ असार २७, सोमबार १९:०२ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७९ असार २७, सोमबार १९:०२ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७९ असार २७, सोमबार १९:०२ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP