२०८० चैत्र १५
March 28, 2024, Thursday

भृकुटीमण्डपको गोदामघरमा फेरि आगलागी

भृकुटीमण्डपको गोदामघरमा फेरि आगलागी

काठमाडौं महानगरपालिका–२९ स्थित भृकुटीमण्डपमा बुधवार साँझ नियन्त्रणमा आएको भनिएको आगो फेरि सल्किएको छ । बिहीबार बिहान पुनः आगो लागेपछि दुईओटा दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

एसपी मैनालीका अनुसार अहिले आगो पूर्णरुपमा निभाइएको छ । समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अंगहरु राखिएको गोदाम घरमा आगलागी हुँदा त्यहाँका सामान पुर्णरुपमा जलेका छन् । समाजकल्याण परिषद्को महत्वपूर्ण कागजात पनि जलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कागजात, गोदाममा राखिएको ह्विलचेयर र कृत्रिम मानव अंगहरु ठुलो परिमाणमा जलेको भएपनि अहिलेसम्म क्षतिको यकिन विवरण आएको छैन । बुधवार साँझ लागेको आगो निभाउन ८ वटा दमकल र ३० वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो ।

आगो लागेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहरा नेतृत्वको प्रहरी टिम घटनास्थलमा पुगेका थिए । आगलागी नियन्त्रणमा १२० जना प्रहरी, १ सय जना सैनिक, ३० जना काठमाडौं महानगरका नगर प्रहरी र सशस्त्र प्रहरीहरु उल्लेख्य संख्यामा परिचालन गरिएको थियो ।

आगलागीको कारण र क्षतिबारे प्रहरी वृत सिंहदरबारले अनुसन्धान गरिरहेको परिसर काठमाडौंका एसपी मैनालीले जानकारी दिए । news : ratopati

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ असार ३०, बिहीबार ११:४४ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७९ असार ३०, बिहीबार ११:४४ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७९ असार ३०, बिहीबार ११:४४ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP