२०८० चैत्र १६
March 29, 2024, Friday

ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालकसहित डेढ सय जना समाउन सफल भए डीएसपी ठगबहादुर केसी

ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालकसहित डेढ सय जना समाउन सफल भए डीएसपी ठगबहादुर केसी

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा २ सय भन्दा बढी युवा राखेर कल सेन्टर चलाइरहेका २ जनाविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी

ब्लु स्काई सोलुसन प्रालिको नाममा गोप्यरुपमा चलेको कल सेन्टरका सञ्चालक भारतीय नागरिक २५ वर्षका जिसाद दबंग भनिने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका– १३ का हिमाली बाठामगरविरुद्ध ठगी मुद्दामा अनुसन्धान सुरु गरेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाइ ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

ठगीको उजुरी परेपछि प्रहरीले आइतबार कल सेन्टरबाट डेढ सय भन्दा धेरैलाई नियन्त्रणमा लिएको थियो । तीमध्ये ९ जनालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखी अनुसन्धान गर्दा मुख्य दोषी देखिएका दुईजनाविरुद्ध अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । पक्राउ परेका दुईजनाले कल सेन्टरको मुख्य सञ्चालक चिनिया नागरिक भएको बताएको केसीले बताए ।

सञ्चार चौतारी डट कमद्धारा सञ्चालित जन गुनासो कार्यक्रममा हामीले यस्ता गिरोहहरुले कसरी ठगि गर्दछन् भन्ने विषयमा पनि रिर्पोटिङ्ग गरेका थियौँ ।

३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाइ ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। सो कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको केसीले बताए।

२०७८ फागुनमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कल सेन्टरले उद्देश्य विपरीत काम गरेको पाइएको डीएसपी केसीले बताए । कल सेन्टरमा दुई सिफ्टमा गरी साढे दुई सय बढी कर्मचारीले काम गर्ने गरेका थिए ।

कल सेन्टरका कर्मचारीले सर्वसाधारणलाई फोन गरेर क्यास पकेट, देशी क्यास, इन्स्ट्यान्ट लोन, एक्सप्रेस लोन जस्ता एप डाउनलोड गर्न लगाउँथे । त्यसपछि कर्जा लिन चाहनेको फोटो, मोबाइल नम्बरसहित आधार कार्ड, राशन कार्ड, बैंक खाता लगायतका व्यक्तिगत विवरणहरु अनलाइनमार्फत लिने र कर्जा असुल्ने क्रममा समयमा कर्जा चुक्ता नगरे गाली गलौज, धम्की र अश्लील फोटो समेत पठाएर ब्ल्याकमेल गर्ने गरेको पाइएको डीएसपी केसीले बताए ।

कल सेन्टरमा काम गर्ने एक कर्मचारीले संस्थाले एक हप्ता समय दिएर ३ देखि १६ हजार रुपैयाँसम्म कर्जा दिने गरेको र समयमा कर्जा चुक्ता नगर्नेसंग रकम तिर्न अनुरोध गर्दा विवाद हुने गरेको बताए ।

कल सेन्टरमा १६ देखि २५ वर्षसम्मका युवाले काम गर्दै आएका छन् । कल सेन्टरमा कार्यरत सबैलाई निगरानीमा राखेर अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

Related News

इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
  • २०७९ श्रावण ९, सोमबार २१:४७ गते

एजेन्सी : सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ श्रावण ९, सोमबार २१:४७ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

विरामी अवस्थामा पनि जनताको बचत फिर्ता हुनुपर्छ भन्दै मन्त्री समक्ष बोले अध्यक्ष कुशलभले
विरामी अवस्थामा पनि जनताको बचत फिर्ता हुनुपर्छ भन्दै मन्त्री समक्ष बोले अध्यक्ष कुशलभले
  • २०७९ श्रावण ९, सोमबार २१:४७ गते

सहकारी वचतकर्ता पीडितले आफ्नो रकम फिर्ताकाे माग राख्दै पटकपटक आन्दाेलन गर्दै आइरहेका छन् । यसभन्दा अघि गत साउनमा वचत फिर्ताकाे...

TOP