२०८१ बैशाख ८
April 20, 2024, Saturday

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।

विदुर नगरपालिका वडा नं १० भिर्कुटारमा सामुदायिक भवन निर्माण गर्न भनी खटाएका मजदुरहरूलाई पुरा पैसा नदिई ठेकेदार तामाङ फरार भएका हुन् ।

नुवाकोट विदुर नगरपालिका वडा नं ८ का पेटी ठेकेदार शेर बहादुर तामाङलाई सो भवन निर्माणका लागि ३ लाख ८६ हजारमा सम्झौता भएको रहेछ । ठेकेदार राज कुमार तामाङले उनलाई १ लाख मात्र दिएर बाँकी काम सकिएर दिने भनेका रहेछन् ।

ढलान र गाह्रो हाल्ने काम लिएका शेर बहादुर तामाङले मङ्सिर देखि काम सुरु गरेर माघ १३ गते वडा कार्यालयलाई बुझाएको बताए । काम सकिएर आफ्नो बाँकी रकम २ लाख ८६ हजार माग गर्दा ठेकेदार राज कुमार तामाङले भाका सर्दा सार्दै अन्त्यमा उल्टै धम्की दिएको शेर बहादुर तामाङले सुनाए ।

सञ्चार चौतारी डट कमद्वारा सञ्चालित कार्यक्रम जन गुनासोमा पत्रकार कुशलभ केसीसँग कुरा गर्दै उनले भने, “राज कुमार तामाङले एडभान्समा १ लाख रुपैयाँ दिएका थिए । ३ महिनामा काम सकेर हामीले वडा कार्यालयलाई बुझायौँ अनि बाँकी पैसा माग्दा उहाँले सुरुमा भाका सर्नु भयो । धेरै समय बिते पछि फेरी फोन गर्दा त उहाँले मलाई उल्टै धम्काउनु भयो । के गर्न सक्छस् गर पैसा दिन्न भन्नु भयो ।”

उनले ठेकेदार तामाङले धम्काए पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको कुरा बताए । तर प्रहरीले फोन गर्दा ठेकेदार तामाङको फोन लागेन । पेटी ठेकेदारको रूपमा काम गरेका शेर बहादुर तामाङलाई अहिले आफ्नै मजदुरहरूले पैसा खाएको आरोप लगाएको उनले गुनासो सुनाए र केही सिप नलागेपछि मिडियामा आएको बताए । पुरा भिडियो हेर्नुहोस्

Related News

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा
  • २०७९ श्रावण २५, बुधबार १६:५९ गते

सिद्धार्थनगर, वैशाख ७ गते । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७९ श्रावण २५, बुधबार १६:५९ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७९ श्रावण २५, बुधबार १६:५९ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP