२०८० चैत्र १६
March 29, 2024, Friday

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ ।

उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेकोसमेत पाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले बताउँछन् ।

उनका अनुसार यस्तो गिरोहले नक्कली पसल खडागरी त्यसैको नाममा बिलसमेत बनाएर नक्कली गरगहनालाई सक्कली भन्दै बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।

ललितपुर सुनचाँदी व्यवसायी संघको एक प्रतिनिधिमण्डलले बुधबार महासंघमा सो विषयमा जानकारी गराउँदै यस्ता गविविधिवाट सतर्क रहन सम्पूर्ण सुनचाँदी व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ ।
नेपाल सुनचाँदी ब्व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले अवैध धन्दामा सक्रिय गिरोहको बारेमा महासंघका जानकारी आएको बताउँदै यस्तो गिरोहबाट जोगिन व्यवसायी तथा उपभोक्तालाई आग्रह गरे ।

पछिल्लो समय यसरी नक्कली बिललगायतका कागजात बनाई नक्कली सुनको कारोबार गर्ने गिरोह सक्रिय छ । यस्तो गिरोहले ललिपुर सुनचाँदी व्यवसायी संघको सदस्य रहेको भन्दै बनेपालगायतका स्थानमा नक्कली गरगहना बिक्री गर्दै हिँडेको पाइएको छ ।

Related News

विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
  • २०७९ श्रावण २६, बिहीबार ११:३२ गते

नेपालगन्ज, चैत १५ गते। नेपालगन्ज विमानस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न तथा क्यान्टिनमा अनिवार्य रूपमा मूल्य सूची राख्न उच्च अदालतले अन्तरिम...

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७९ श्रावण २६, बिहीबार ११:३२ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७९ श्रावण २६, बिहीबार ११:३२ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

TOP