२०८० चैत्र १५
March 28, 2024, Thursday

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

दाङ, झापा र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय जनक बुढाथोकी लगायत चार जना छन् । उनीहरुबाट ट्रामाडोल २५२ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बुढाथोकीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको हल्दिबारी गाउँपालिका–४ जलथलबाट ७ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने ३५ वर्षीय जेमिल महमदलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–१० दिवान रेष्टुरेन्टबाट करिब ६४० मिलिग्राम खैरो हेरोइनसहित सोही महानगरपालिका–९ बस्ने ३५ वर्षीय रत्न बहादुर प्रजापतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Related News

विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
  • २०७९ भाद्र ८, बुधबार १४:३२ गते

नेपालगन्ज, चैत १५ गते। नेपालगन्ज विमानस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न तथा क्यान्टिनमा अनिवार्य रूपमा मूल्य सूची राख्न उच्च अदालतले अन्तरिम...

एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७९ भाद्र ८, बुधबार १४:३२ गते

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ भाद्र ८, बुधबार १४:३२ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP