२०८० चैत्र १६
March 29, 2024, Friday

शिव परियारकाे आक्रामक प्रतिक्रिया: बलात्कारलाई व्यवसाय बनाउनेहरूको उपचार गराैँ

शिव परियारकाे आक्रामक प्रतिक्रिया: बलात्कारलाई व्यवसाय बनाउनेहरूको उपचार गराैँ

काठमाडौँ – गायक शिव परियारले बलात्कारकाे विषय र समयसामयिक घटनालाई लक्षित गर्दै आक्रामक प्रतिक्रिया दिएका छन्।

उनले ‘देशकाे गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भन्ने प्रश्न गर्दै नेपाल सरकारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत यस्ताे टिप्पणी गरेका हुन्।

बलात्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर नलाग्ने भन्दै समयमै अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्,‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु।,’हालै नेपाली राष्ट्रिय टाेलीका कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि बलात्कार गरेको आरोप लागेकाे छ।२२ वर्षीया कप्तान लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेकाे हाे। मंगलबार प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जाहेरी परेकाे थियाे। लामिछाने भने यतिबेला लिगका लागि क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

यसअघि नाबालिगविरुद्ध याैन दुर्व्यवहार गरेकाे आराेपमा यसअघि नायक पल शाहविरुद्ध पनि उजुरी परेकाे थियाे। नवलपरासी र तनहुँ गरी दुई ठाउँमा जाहेरी परेका पल शाहले सन्दीपमाथि उजुरी परेकै दिन अर्थात् हिजाे मात्रै सफाइ पाएका हुन्।

बलात्कारकाे मुद्दामा सफाइ पाएकाे भए पनि पलमाथि बाल याैन दुर्व्यवहारकाे मुद्दामा दुई वर्ष ६ महिना कैद सजाय र दश लाख रुपैयाँ जरिवाना जिल्ला अदालत नवलपरासीले फैसला गरेकाे छ।गायक परिवारकाे साे प्रतिक्रिया पनि यसै प्रसंगसँग जाेडेर सामाजिक सञ्जालमा यतिबेला टिकाटिप्णी चलेकाे छ।बलात्कारजस्ताे जघन्य अपराधकाे विषयमा गायक परिवारकाे साे अभिव्यक्तिप्रति चर्काे विराेधसमेत भइरहेकाे छ।

Related News

विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
  • २०७९ भाद्र २३, बिहीबार १५:०७ गते

नेपालगन्ज, चैत १५ गते। नेपालगन्ज विमानस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न तथा क्यान्टिनमा अनिवार्य रूपमा मूल्य सूची राख्न उच्च अदालतले अन्तरिम...

एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७९ भाद्र २३, बिहीबार १५:०७ गते

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ भाद्र २३, बिहीबार १५:०७ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP