२०७९ चैत्र १०
March 24, 2023, Friday

एमाले अध्यक्ष ओली सहभागी हुने आमसभाका लागि सिरहामा विद्यालय बन्द

एमाले अध्यक्ष ओली सहभागी हुने आमसभाका लागि सिरहामा विद्यालय बन्द

सिरहा । नेकपा एमाले सिरहाले चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा पठनपाठन बन्द गराएर एमालेले आमसभा आयोजना गरेको छ । आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली सहभागी छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता रामबल्लभ साहसहितका नेता–कार्यकर्तालाई आज अध्यक्ष ओलीले पार्टी प्रवेश गराउने एमालेले जनाएको छ ।

एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलले जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतबाट सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको दाबी गरे ।

अहिले विद्यालय परिसरमा कार्यक्रम चलिरहेको छ । कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा मधेस प्रदेश ईन्चार्ज रघुवीर महासेठ, सह–ईन्चार्जद्वय लीलानाथ श्रेष्ठ र ज्वाला साह लगायतका नेताहरु सहभागी छन् ।

एमाले अध्यक्ष ओली आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि सिरहाको चोहर्वा आइपुगेका छन् । हेलिकाप्टरबाट अध्यक्ष ओली र केन्द्रीय नेता तथा पूर्वमन्त्री प्रभु साह चोहर्वा आएका हुन् । उनीहरुलाई एमाले मधेस प्रदेशका सह–ईन्चार्ज तथा पूर्व मन्त्री लीलानाथ श्रेष्ठ लगायतका नेताहरु स्वागत गरे ।

अध्यक्ष ओली र नेता साह अहिले आमसभा आमसभास्थलमा पुगिसकेका छन् । कार्यक्रममा गाउँगाउँबाट कार्यकर्ता उर्लिएका छन् । गर्मी अत्यधिक भएपछि उनीहरु टाउकोमा लुगा राखेर बसेको देखिन्छ ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७९ भाद्र ३१, शुक्रबार १७:०७ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७९ भाद्र ३१, शुक्रबार १७:०७ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७९ भाद्र ३१, शुक्रबार १७:०७ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP