२०८० चैत्र १६
March 29, 2024, Friday

आजदेखि इ-सिम वितरण गर्दै टेलिकम, यस्तो छ प्रयोग गर्ने तरिका

आजदेखि इ-सिम वितरण गर्दै टेलिकम, यस्तो छ प्रयोग गर्ने तरिका

काठमाडौ, नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो ।

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्ट पेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

यसबाट फोन गर्ने र डाटा चलाउनेलगायत विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

इ–सिम भनेको एक इम्बेड गरिएको सिम कार्ड हो । यो भौतिक सिम कार्डको सट्टामा निकालिएको सिम कार्ड हो जसले फोनलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इ–सिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ ।

के फरक छ इ–सिम र भौतिक सिममा ?

इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

इ–सिमलाई मदरबोर्डसँगै जोडिएको हुन्छ । यसलाई भौतिक सिम जस्तो झिक्न र राख्न मिल्दैन । तर, यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।

यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । डिजिटल सिम पनि भन्ने गरिएको यो प्रविधिको प्रयोग गरी भौतिक सिमकार्ड बिना नै दूरसञ्चार कम्पनीका ग्राहकहरुले फोन कल, डेटा, मेसेजको सुविधा उपभोग गर्न सक्छन् । जसका लागि इ–सिम सुविधा भएको फोन भने उपभोक्ताले बोक्नुपर्ने हुन्छ ।

कुन सेटले सपोर्ट गर्छन् इ–सिम ?

सामसङ, एप्पल, गुगल, हुवावे, मोटोरोला, ओप्पो, सोनी, अनरलगायतका कम्पनीले उत्पादन गरेका फोनमा इ–सिमको फिचर उपलब्ध छ ।

सामसङको ग्यालेक्सी फोल्ड, जी फोल्ड, जी फ्लिप, ग्यालेक्सी एस २०, ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ स् फाइभजी, ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी नोट २० अल्ट्रा फाइभजी, ग्यालेक्सी नोट २० सहितका स्मार्टफोनमा इ सिम फिचर रहेको कम्पनीले जनाएको छ।

यस्तै, एप्पलको आइफोन ११, आइफोन एसइ (२०२०), आइफोन १२, आइफोन १३, आइफोन १४ का मोडलहरुमा इ सिमको सुविधा रहेको कम्पनीले जनाएको छ ।

एप्पलले उत्पादन गर्ने आइप्याड प्रो (२०१८ पछिका), आइपड, आइपड एयरसहित एप्पलको वाच सिरिज ३, ४, ५, ६ र वाच एसइले इ सिम सपोर्ट गर्छ ।

हुवावेको पी ४०, पी ४० प्रो र मेट ४० प्रोमा इ–सिम उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोटोरोलाको आरएजेडआर २०१९ र आरएजेडआर फाइभजीमा इ-सिम उपलब्ध छ ।

त्यसैगरी, ओप्पोको फाइन्ड एक्स थ्री प्रो, रेनो फाइभ ए, रेनो सिक्स प्रो फाइभजी, फाइन्ड एक्स फाइभ, एक्स फाइभ प्रो र ए ५५ एस सेटले इ–सिम सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

Related News

शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
  • २०७९ भाद्र ३१, शुक्रबार ०८:५७ गते

काठमाडौं, चैत ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति...

पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल हुन्छ
पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल हुन्छ
  • २०७९ भाद्र ३१, शुक्रबार ०८:५७ गते

लेखनाथ, चैत ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरामा...

रकम फिर्ता गर्न हातेमालो गरी अगाडी बढौ नारा सहित भृकुटीमण्डपमा प्रदर्शन जारी
रकम फिर्ता गर्न हातेमालो गरी अगाडी बढौ नारा सहित भृकुटीमण्डपमा प्रदर्शन जारी
  • २०७९ भाद्र ३१, शुक्रबार ०८:५७ गते

सहकारीमा ठगिएकाहरूको रकम फिर्ता र धनको सुरक्षा गर्नुपर्ने दायित्वमा सरकार चुक्दा लाखौं सर्वसाधारणले  बचत गरेको अर्बाैं रुपैयाँ जोखिममा रहेको  छ।सहकारी पीडितहरुको...

TOP