काठमाडौं– नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा बृहत् पदयात्रा गरेको छ। संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन पदयात्रा गरिएको एमालेले जनाएको छ।
बिहान ७ बजे बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा वसन्तपुरमा गएर टुंगिएको छ। अध्यक्ष केपी शर्मा ओली आफैंले पदयात्राको नेतृत्व गरे।
वाकथनमा एमालेका अन्य शीर्ष नेता, जनवर्गीय संगठनका पदाधिकारीलगायत सहभागी भएका थिए। एमालेको पदयात्राका कारण उक्त क्षेत्रमा यातायात समेत अवरुद्ध भएको थियो।
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १...