२०८१ बैशाख ७
April 19, 2024, Friday

साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध ऐतिहासिक जीत , उपाधिका लागि बंगलादेशसित भिड्ने

साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध ऐतिहासिक जीत , उपाधिका लागि बंगलादेशसित भिड्ने

काठमाडौ, साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ। भारतविरुद्ध ऐतिहासिक जीत दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई ० का विरुद्ध १ गोलले पराजित गर्यो। खेलमा रश्मीकुमारी घिसिङले पहिलो गोल गरेकी थिइन्।

यो नै नेपालको निर्णायक गोल सावित भयो। यो सँगै नेपालले भारतसँग सन् २०१६ मा भएको हारको बदला लिएको छ। त्यतिबेला नेपाल फाइनलमा भारतसँग नै हारेको थियो।

साफको पाँचौ संस्करणमध्ये ४ वटा संस्करणमा नेपाल फाइनलमा पुगेको थियो। नेपाल चारै संस्करणको उपविजेता हो।

सन् २०१६ मा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि होडबाट टाढा भएको थियो। तत्कालीन समयमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नै थिए।

Related News

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
  • २०७९ आश्विन १, शनिबार ०७:५७ गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायाे...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ आश्विन १, शनिबार ०७:५७ गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ आश्विन १, शनिबार ०७:५७ गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

TOP