२०८१ बैशाख ४
April 16, 2024, Tuesday

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बङ्गलादेश र नेपाल भिडने

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि  बङ्गलादेश र नेपाल भिडने

काठमाडौं, काठमाडौँमा जारी साफ महिला फुटबलमा पहिलो पटक नयाँ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन् । दशरथ रङ्गशालामा शुक्रबार नेपालले सदाबहार विजेता भारतलाई सेमिफाइनलमा १–० गोलको हार चखाएपछि साफ महिला फुटबलले नयाँ विजेता पाउने पक्का भएको छ ।

भारत यसअघिका पाँच वटै संस्करणको विजेता हो । सोमबार हुने फाइनल भिडन्तमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नतिजालाई इतिहासको दृष्टिले हेर्ने हो भने नेपाल बलियो देखिन्छ । तर, यसपटक बङ्गलादेश महिलाको प्रदर्शन तारिफ योग्य छ ।

अधिकांश औसत १८ देखि २० वर्षका खेलाडीको बाहुल्यता रहेको बंगलादेले दशरथ रङ्गशालामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । घरेलु मैदानमा नेपाली दर्शकको साथले नेपाली टोलीको मनोबल उच्च छ ।

फेरिएको बंगलदेशको अहिले बलियो अवस्थामा छ । इतिहास नेपालको पक्षमा भए पनि फाइनलमा बङ्गलादेश पन्छाउन नेपाललाई ठूलै चुनौती हुनेछ ।

नेपाली टोलीकी अनुभवी स्ट्राइकर सावित्री भण्डारीसहित केही खेलाडीलाई डेंगुको समस्या देखिएकोले नेपाललाई थप चुनौती छ । सावित्रीले अघिल्ला दुई खेल गुमाएकी छन् । फाइनलमा पनि सावित्रीको उपस्थिति अन्योल रहेको छ ।

यसअघि नेपाल र बंगलादेशबीच तीन पटक भिडन्त भएको छ । सबै भेटमा नेपालले सुखद नतिजा निकालेको छ । सन् २०१० को पहिलो संस्करणमा नेपालले बङ्गलादेशलाई ३–० गोलले हराएको थियो ।

त्यसपछि २०१४ मा नेपाल १–० गोलले विजयी भएको थियो । सन् २०१९ मा नेपालले बङ्गलादेशलाई ३–० गोलले पराजित गरेको थियो । सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ८–० गोलले पराजित गरेको थियो ।

बङ्गलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गरेको हो । नेपालले भने पाँचौँ पटक फाइनलमा स्थान बनाएको हो । सन् २०१६ को संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको नेपाल अन्य संस्करणमा उपविजेता बन्दै आएको छ ।

यसपटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने नेपाली टोलीका प्रशिक्षक कुमार थापाले बताए । भारतमाथि रोचक जित निकालेपछि थापाले नेपाली जनतालाई उपाधिसहित खुसी दिन चाहेको बताए ।

इतिहास बिर्सने हो भने बङ्गलादेशले जारी प्रतियोगितामा बङ्गलादेशले अब्बल प्रदर्शन गरिरहेको छ । बङ्गलादेशले समूह चरणको पहिलो खेलमा मालदिभ्सलाई ३–०, दोस्रो खेलमा पाकिस्तानमाथि ६–० र तेस्रो खेलमा भारतलाई ३–० गोलले पराजित गरेको थियो ।

बङ्गलादेशले चार खेलमा २० गोल गरेको छ भने नेपालले तीन खेलमा ११ गोल गरेको छ । सधैँ फाइनलमा तगारो बनेको भारतलाई सेमिफाइनलमा पन्छाएको नेपाललाई घरमै उपाधि राख्न बंगलदेशलाई हराउन सक्नु ठूलै सफलता हुनेछ ।

यसअघि विराटनगरमा भएको साफको उपाधि नजिक पुगेर नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

Related News

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ आश्विन २, आईतवार ०९:०२ गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
  • २०७९ आश्विन २, आईतवार ०९:०२ गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ । ओमानकाे अल अमिरात क्रिकेट...

फ्रेन्डसिप कप : नेपाल च्याम्पियन
फ्रेन्डसिप कप : नेपाल च्याम्पियन
  • २०७९ आश्विन २, आईतवार ०९:०२ गते

काठमाडौँ, चैत २५ गते । एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ...

TOP